खाेज्नुहाेस

डडेल्धुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

Image

डडेल्धुरा – डडेल्धुराको रामपुरमा अटो र जिप ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति आलिताल गाउँपालिका–४ जाल्टुडामा म१च ४४१ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको भीनपा ००१ ह ०४०८ नम्बरको अटो ठोक्किँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अटोमा सवार परशुराम नगरपालिका–१० जोजलाका २६ वर्षीय रामबहादुर बराल मगर रहेका छन ।

navjiwan hospital

दुर्घटनामा अटोमा सवार अछामको पञ्चदेवल नगरपालिका–३ की २१ वर्षीया सविता थापामगर गम्भीर घाइते भएकी छन् । उनको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

attariya hospital

उक्त अटोमा चालकसहित तीन जना सवार थिए । दुर्घटनापछि अटो चालक गोपाल मगर फरार छन् । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ । जिपमा सवार तीनैजना सकुशल रहेका छन ।