खाेज्नुहाेस

कञ्चनपुरबाट १७ वर्षपछि फरार प्रतिवादी पक्राउ

Image

अत्तरिया – इलाका प्रहरी कार्यालय मालाखेती कैलालीले १७ वर्षदेखि फरार रहेका प्रतिवादीलाई कञ्चनपुरबाट पक्राउ गरेको छ । 

बुधबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको समन्वयमा इलाका प्रहरी कार्याल मालाखेतीले सवारी ज्यान मुद्दामा १७ वर्षदेखि फरार रहेका डडेल्धुराको आलिताल गाउँपालिका – ८ घर भई हाल कञ्चनपुरको बेदकोट नगरपालिका – ५ मा बसोबास गर्दै आएका ४५ वर्षीय प्रेम भन्ने सुरज थापालाई पक्राउ गरेको हो ।

attariya hospital
navjiwan hospital

थापा २०६५ भदौ ७ गते सवारी दुर्घटना पछि घट्नास्थलबाटै फरार रहेका थिए । उनीमाथी २०६५ भदौ ७ गते सवारी ज्यान मुद्दा दर्ता गरिएको थियो ।

पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ ।