खाेज्नुहाेस

अमरगढी नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी महेन्द्र माविलाई

Image

डडेल्धुरा– डडेल्धुराको अमरगढी नगरपालिकास्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी महेन्द्र माविले हात पारेको छ । बुधबार सम्पन्न छैटौँ नगरस्तरिय प्रतियोगिताको उपाधी जिल्ला सदरमुकाम खलंगामा रहेको महेन्द्र माविले हात पारेको हो ।

navjiwan hospital

उपाधी जितेको महेन्द्र माविले २५ स्वर्ण, १७ रजत र ७ कास्य गरी कूल ४९ पदक प्राप्त ग¥यो । उपाधिसँगै महेन्द्रले ३० हजार, शिल्ड र प्रमाणपत्र पनि पाएको छ । नगर प्रमुख डिल्लीराज जोशी र उपप्रमुख पार्वती झुकालले विद्यालयका प्रधानाध्यापक सुरेन्द्रसिंह ऐरलाई शिल्ड हस्तान्तरण गरे ।

attariya hospital

यो सँगै महेन्द्र माविले लगातार ३ वर्ष उपाधी जितेको छ । यसअघिका २ वर्षसम्म लगातार विजेता बनेको महेन्द्र मावि यसपटक पनि उपाधी जित्न सफल भएको हो । यसपटक प्रतियोगितामा जिल्ला सदरमुकामकै माउन्टेन बोर्डिङ स्कुल बागबजार द्वितीय भएको छ । माउन्टेनले १६ स्वर्ण, १५ रजत र ११ कास्य गरी कूल ४२ पदक जितेको छ । उसले दोस्रो स्थान हासिल गरेबाफत २५ हजार रुपैयाँ र प्रमाणपत्र पाएको अमरगढी नगरपालिका शिक्षा शाखा अधिकृत हेमन्तराज पन्तले जानकारी दिए ।

प्रतियोगितमा घटाल मावि नुवाकोट तृतीय भएको छ । तृतीय स्थान हासिल गरेको घटाल माविले ४ स्वर्ण, २ रजत र ३ कास्य गरी कूल ९ पदक जितेसँगै नगद रु. २० हजार रुपैयाँ र प्रमाणपत्र पाएको छ । अमरगढी नगरपालिकाको आयोजना सोमवारदेखि सुरु भएको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा नगरपालिकाका ११ वटा विद्यालयको सहभागिता थियो ।