अत्तरिया – कैलालीको अत्तरियामा ‘सृजनशील गोदावरी सांस्कृतिक महोत्सव २०८२’ सुरु भएको छ । न्यु सृजनशील युवा क्लबको आयोजनामा आजदेखि महोत्सव सुरु भएको हो ।

महोत्सवको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गरेका छ्न । महोत्सवको अहिले उद्घाटन सत्र जारी रहेको छ ।

महोत्सव उद्घाटन अघि अत्तरिया बजारमा र्याली सहित बजार परिक्रमा गरिएको थियो । आजदेखी सुरु भएको महोत्सव पुस १९ गते सम्म सञ्चालन हुने छ ।
महोत्सवमा १८० स्टल रहेका छ्न । महोत्सवमा विक्री हुने प्रत्येक टिकटको ५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गर्ने र महोत्सवबाट भएको नाफा रकमबाट पनि सामाजिक काम गरिने आयोजकले जनाएको छ । महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ ।














