खाेज्नुहाेस

प्रतिनिधि सभाका लागि राप्रपा कैलाली – ४ बाट ३ जनाको नाम सिफारिस

Image
तस्बिर– क्रमशः प्रकाश कुँवर, जय बहादुर धामी र कमल बम रजबार
navjiwan hospital
अत्तरिया– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कैलाली क्षेत्र नम्बर ४ बाट ३ जनाको नाम सिफारिस गरेको छ । राप्रपाको क्षेत्रीय समितिले उम्मेदवार हुन आकाङ्क्षीमा तीन जनाको नाम जिल्लामा सिफारिस गरेको हो ।
सिफारिस गरिएकाहरूमा कमल बम रजबार, जय बहादुर धामी, प्रकाश कुँवर रहेको राप्रपा प्रदेश समिति सह सचिव खगेन्द्र नाथले बताए ।
आकाङ्क्षी कमल बम राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्ष हुन । ऐश्वर्या बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति समेत रहेका उनले एमएसस्सी गरेका छन् ।
आकाङ्क्षी जय बहादुर धामी भने यसअघि कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा चुनाव लडेका थिए भने प्रकाश कुँवर गोदावरी नगरपालिका – ३ को वडा अध्यक्षमा चुनाव लडिसकेका छन् ।