अत्तरिया – कैलालीको गोदावरीमा आयोजना गरिने सृजनशील गोदावरी सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । आज आयोजक यु सृजनशील युवा क्लबले पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पुरा भएको जनाएको छ । क्लबका अध्यक्ष नर बहादुर राईले भोलि पुस ९ गते देखि १९ गते सम्म सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको र, शृङ्गारपटारको काम मात्रै बाकी रहेको बताए ।

उनले महोत्सवमा सबै काम सकिएको र स्टेज सजाउने काम मात्रै बाँकी रहेको बताए । उनले महोत्सवमा महतपूर्ण कुरा नयाँ ठाउँमा महोत्सव स्थल तयार गर्न आफूहरू सफल भएको बताए । उनले महोत्सवमा १८० रहने र सबै बुक भइसकेको बताए ।
महोत्सवको गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महोत्सव सफल पार्नको लागि विभिन्न समितिहरु मार्फत व्यवस्थापन हुने अध्यक्ष राईले बताए । महोत्सव उद्घाटन कार्यक्रम बिहान १० बजे देखि सुरु हुने जनाइएको छ ।
महोत्सवमा विक्री हुने प्रत्येक टिकटको ५ प्रतिशत अनाथ बालबालिकालाई सहयोग गर्ने र महोत्सवबाट भएको नाफा रकमबाट पनि सामाजिक काम गरिने उनले बताए । ‘हामी एउटा सामाजिक संस्था हौ । हामीले विगतदेखि सामाजिक काम, खेलकुदका काम अघि बढाइरहेका छौ’ उनले भने ‘महोत्सवबाट हुने नाफाको रकम पनि सामाजिक काममा खर्च गर्ने छौ ।’

महोत्सवमा डेढ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको आयोजकले जनाएको छ । जसमा एक करोड कारोबार हुने अपेक्षा लिइएको छ ।
महोत्सवमा कृषि र घरेलु उत्पादनका कार्यक्रमलाई मुख्य प्राथमिकता दिइएको अध्यक्ष राईले बताए । उनले महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारको सहभागिता रहने बताए । महोत्सवमा ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूलाई निःशुल्क, विद्यार्थीलाई ५० रुपैयाँ र सामान्य टिकट १ सय रुपैयाँ तोकिएको छ ।
महोत्सवको सुरक्षाको लागि क्लबका युवाहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी सँग समन्वयन गरिएको अध्यक्ष राईले बताए ।
भिडियो














