खाेज्नुहाेस

कैलालीको गोदावरी– ८ मा रहेको मातृभुमि सामुदायिक बनको साधारण सभा सम्पन्न

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ मा रहेको मातृभुमि सामुदायिक बन उपभोक्ता समुहको वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार एक औपचारीक कार्यक्रमका बिच सामुदायिक बन उपभोक्ता समुहको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष सीता चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि सामुदायिक बन उपभोक्ता राष्ट्रिय महासंघ नेपालका महासचिव डण्डीराज सुवेदी रहेका थिए । कार्यक्रममा सव डिभिजन बन कार्यालय गोदावरी अत्तरियाका प्रमुख डबल रावत, गोदावरी नगरपालिका– ८ का वडासदस्यद्धय हरि प्रसाद चौधरी र जगनदेवी चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एवम् स्थानियहरुको सहभागिता रहेको थियो ।

attariya hospital
navjiwan hospital

कार्यक्रममा समुहको आर्थिक वर्ष २०८१/०८२ को आर्थिक प्रतिवेदन सचिव आकृति चौधरीले प्रस्तुत गरेकी थिईन । सो आर्थिक प्रतिवेदन अनुसार सामुदायिक बन उपभोक्ता समुहले उक्त आर्थिक वर्षमा ९ लाख ५६ हजार १२ रुपैया बराबरको आम्दानी गरेको छ । जसमा अघिल्लो आर्थिक वर्षको अल्यामा १ हजार, दाउरा बिक्रिबाट ३७ हजार ४०, सदस्यता शुल्कबाट प्राप्त १ लाख २३ हजार २६०, भुइघाँस बाट ८५०, सदस्यता तथा बन प्रवेश शुल्कबाट ३० हजार, दण्ड जरिवानाबाट १० हजार, काठ बिक्रिवितरणबाट ७ लाख २७ हजार ६६२ र अगाडीको वर्षको उठ्न बाँकी उठेको रकम २६ हजार २०० रहेको छ ।

समुहले विभिन्न शिर्षकमा ५ लाख ९९ हजार २६५ रुपैया खर्च गरेको छ । जसमा काठ कटानी ढुवानी तथा पाईलिग, पान दर्ता गर्दाको खर्च, बन हेरालुको तलब, काडँेतार खरिद, वन समुहको लेखापरिक्षण शुल्क सामुदायिक बन सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम लगायतका शिर्षकहरु रहेका छन । सामुदायिक बनले आम्दानीबाट कुल खर्च कटाएर ३ लाख ५६ हजार ७४७ रुपैया बचत रहेको जनाएको छ ।

यसैबिच सामुदायिक बनले चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ लाख ५० हजार बराबरको आम्दानी हुने अनुमान गरेको छ । जसमा आर्थिक वर्ष २०८१/८२ को बचत सहित जोडिएको छ । त्यसबाहेक बन पैदावारबाट, नवप्रवेशीबाट र अन्य अनुदानबाट आम्दानी हुने उल्लेख गरिएको छ । सामुदायिक बनकी अध्यक्ष सीता चौधरीले सामुदायिक बनले आर्जन गर्ने सो आम्दानी वन व्यवस्थापनका साथै समुहमा आवद्ध सदस्यहरुलाई तालिम, उद्यम विकास कार्यक्रम लगायतमा खर्च गरिने बताईन ।

२०७० मा दर्ता भएको सो सामुदायिक बन उपभोक्ता समुहको विविध कारणले गर्दा साधारण सभा हुन सकेको थिएन । गत वर्ष अध्यक्ष सीता चौधरीको समूह नयाँ कार्यसमितिका रुपमा आएसँगै उनिहरुले सामुदायिक बन उपभोक्ता समुहलाई विकसीत गर्दै लगेको देखिएको बताईन्छ । गत वर्ष समुहसँग १ हजार पनि नभएको अवस्थामा एक वर्षको अवधीमा समुहले ३ लाख भन्दा बढी बचत गर्न सफल भएको अध्यक्ष चौधरीले बताईन । उनले आगामी दिनमा समुहललाई अझै बलियो बनाएर लैजाने बताईन । समुहकी सदस्य राधिका चौधरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन स्थानिय थारु कलाकार विक्रम चौधरीले गरेका थिए ।