खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस ११ गते बस्ने

Image

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको बैठक पुस ११ गते शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ । जेन जी आन्दोलन पछि रोकिएको बैठक प्रदेश सभाको कार्य व्यवस्था तथा परामर्श समितिको सोमबार बसेको बैठकले ११ गते बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

navjiwan hospital

प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले बैठक दिउँसो २ बजे बस्ने बताए । भदौं ५ गतेको बैठकपछि प्रदेश सभाको बैठक अर्को बैठक बस्न नपाउँदै भदौ २४ गते जेनजी आन्दोलनमा जलेको सुदूरपश्चिम प्रदेश सभा भवन र सचिवालय भवन जलाइएको थियो ।

attariya hospital

सचिवालय यसअघि नै मर्मत गरी कार्यालय सञ्चालन गरिएको थियो भने सभा भवन मर्मत कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सभा भवनको मर्मत सम्भारको काम अन्तिम चरणमा पुगेको छ भने फर्निचर राख्ने, माइक जडान, अडियो, भिडियो सामाग्रीको व्यवस्थापनको काम बाँकी रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । उनले बैठक अघि नै सभा भवन मर्मत् तथा फर्निचर, अडियो, भिडियो जडान सम्पन्न हुने बताए ।