खाेज्नुहाेस

धनगढीमा एकैदिनमा २७० जनाद्वारा रक्तदान

Image

धनगढी – धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को कार्यालयले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २७० जनाले रक्तदान गरेका छन । सुदुरपश्चिम प्रदेश मै एकैदिन २७० जनाले रक्तदान गरेको यो पहिलो पटक हो । प्रादेशिक रक्तसंचार केन्द्रका प्रमुख धरणी पन्तले ४८ जना महिला र २२२ जना पुरुषले रक्तदान गरेको बताउदै आयोजक लगायत सम्पुर्ण सहयोगी र रक्तदाता धन्यबादको पात्र रहेको बताए । रक्तदान कार्यक्रममा यहाका कलेज, इन्सिच्युट, अस्पताल र सर्वसाधारणको सहभागिता रहेको थियो ।

navjiwan hospital

केहिदिन देखि धनगढीमा रगतको अभाव देखिएपछि वडा नम्बर ५ ले रगत ब्यबस्थापनमा केहि सहयोग गर्न सकिन्छ कि भनेर रक्तदानको कार्यक्रमको आयोजना गरेको अध्यक्ष गजेन्द्र शाहीले बताए । उनले रक्तदान कार्यक्रम केवल रक्तदान मात्रै नभएर समाजमा यसको महत्व र रक्तदान किन आवश्यक छ भन्ने शंन्देस दिन पनि कार्यक्रमको आयोजना गरिएको बताए । झण्डै १०र१२ दिनको तयारीमा यति धेरै रगत संकलन गर्न सकिएको भन्दै अध्यक्ष शाहीले सम्पुर्ण रक्तदाताहरुलाई धन्यबाद दिए ।

attariya hospital

रक्तदान कार्यक्रममा सुदुरपश्चिम प्रदेशका रक्तदान सदभावना दुत दीपक उपाध्यायले मानिसमा रगत दिनु हुदैन, दिएमा कमजोर भइन्छ भन्ने लगायतका भ्रम रहेको बताउदै यो ऐतिहासिक बृहत रक्तदानले ति सबै भ्रम चिर्न सफल भएको बताए । सुदुरपश्चिममा सबैभन्दा धेरै पिन्ट रगत संकलन र पहिलो रगत दिने रक्तदाताको रेकर्ड समेत यो कार्यक्रमले तोडेको बताउदै सदभावना दुत उपाध्यायले आज मात्रै झण्डै २ सय जनाले पहिलोपटक रक्तदान गरेको बताए ।

रक्तदान कार्यक्रममा ऐश्वर्य बहुमुखि क्याम्पस, कैलाली बहुमुखि क्याम्पस, खप्तड कलेज, सहारा होटेल म्यानेजमेन्ट, साई मा इन्सिच्युट लगायत शिक्षक, ब्यापारी, बिधार्थी, बटुवाहरुले रक्तदान कार्यक्रममा सहभागी भएका थिए । यस अघि सामाजिक बिकास मन्त्रालयका माननीय राज्यमन्त्री सरस्वती खड्काको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको आयोजमा गरिएको थियो । त्यस्तै रक्तदान कार्यक्रममा निसर्ग अस्पताल, नेपाल रेडक्रस सोसाइटी नम्बर ५ उपशाखा, एजी हेल्थ इण्ड्रस्ट्रीज प्राली लगायत बिभिन्न संघ संस्थाको सहयोग रहेको थियो ।