
अत्तरिया – कञ्चनपुरको बेलौरीबाट खैरो हिरोइन सहित २ जना पक्राउ परेका छन । आइतबार बेलौरी नगरपालिका – ६ नकैया स्थित भारतबाट नेपाल तर्फ साईकलमा आउँदै गरेका स्थानीय २७ वर्षीय मोहन ऐर र साईकल पछाडी सवार बझाङको बिरुचित्थड गाउँपालिका – ७ सुनकुण्डाका २८ वर्षीय मुकुन्द जोशी पक्राउ परेका हुन ।
उनीहरुको साथबाट १ ग्राम ८७० मिलिग्राम लागूऔषध खैरो हिरोईन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।














