खाेज्नुहाेस

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

Image

कञ्चनपुर – प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएको अवस्थामा ज्यान गुमाएका कञ्चनपुरका २४ वर्षीय विद्यार्थी विपिन जोशीको स्मृतिमा भीमदत्त नगरपालिकाले शालिक स्थापना गर्ने निर्णय गरेको छ ।

navjiwan hospital

स्वर्गिय विपिनको घर जाने सडक पूर्वपश्चिम राजमार्ग र ब्रह्मदेव लिङ्क सडकको मुख्य चोकको नाम विपिन जोशी चोक नामकरण गर्ने र सोही स्थानमा विपिनको शालिक निर्माण गर्ने कार्यपालिकाले निर्णय गरेको भीमदत्त नगरपालिका–३ का वडाध्यक्ष गगन धामीले जानकारी दिए । उनका अनुसार शालिक निर्माणका लागि नगरपालिकाले रु दुई लाख बजेट विनियोजन गरिसकेको छ ।

attariya hospital

“कार्यपालिकाबाट विपिनको स्मृतिमा विपिन चोक नामकरण गरी शालिक बनाउने निर्णय भएको छ”, अध्यक्ष धामीले भने, “अहिले विनियोजित रकमले पूर्ण छैन, आगामी आर्थिक वर्ष थप बजेट विनियोजन गरेर शालिक स्थापना गर्ने कार्यलाई पूर्णता दिइन्छ ।” यसअघि भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटीले विपिनको स्मृतिमा शालिक स्थापना गर्ने प्रतिबद्धता जनाएका थिए ।