खाेज्नुहाेस

कञ्चनपुरमा भूमि नाप जाँचको काम सुरु

Image

कञ्चनपुर – भूमि समस्या समाधान आयोग जिल्ला समिति, कञ्चनपुरले भूमि नाप जाँचको काम अगाडी बढाएको छ । जेनजी आन्दोलनपछि गठित अन्तरिम सरकारले विगठन गरेको भूमिसम्बन्धी समस्या आयोग सर्वाेच्च अदालतले पुनःस्थापना गरेपछि जिल्लामा नाप जाँचको काम अगाडि बढाइएको हो ।

जिल्लामा भूमि सम्बन्धीको नाप जाँचको कामकाज अगाडि बढाइएको भूमि समस्या समाधान आयोग कञ्चनपुरका प्रमुख नेत्रप्रकाश पन्तले बताए । उनका अनुसार यहाँका तीन पालिकाहरूमा अहिले नाप जाँचको काम भइरहेको छ ।

attariya hospital
navjiwan hospital

हाल भीमदत्त नगरपालिका वडा नम्बर १२, कृष्णपुर नगरपालिका वडा ७ र शुक्लाफाँटा नगरपालिका वडा नम्बर ४ तथा ११ मा नाप जाँचको काम अगाडी बढाइएको कार्यालय प्रमुख पन्तले बताए । यस अघिका आयोगहरूबाट परेका निवेदन र यस आयोगबाट भरेकाको समग्र रूपमा नाप जाँचको काम भइरहेको उनले बताए । सर्वाेच्च अदालतले आयोग पुनःस्थापना गरेपछि जिल्ला समिति कञ्चनपुरले नाप जाँचको काम अगाडि बढाएको जनाएको हो ।

आयोग विघटन नगरिएको नभएको भए हालसम्म जिल्लामा १५ हजार पुर्जा बाँडिसक्ने उनले बताए । जिल्ला स्थित १५ हजार भूमिहीनलाई लगत्तै पुर्जा वितरणको काम गरिने उनले बताए । हाल भूमि समस्या समाधान आयोगबाट खटाइएका १३ सर्वेक्षकमध्ये ५ जना र २० अमिन मध्ये ३ जना अमिन मात्रै कार्यालयमा हाजिर भएका छन् । कार्यालयमा उपस्थित भएकाहरू फिल्डमा खटिएर नाप जाँचको कार्य गर्दै आएका छन् ।

आयोग विगठन भएपछि ४ जना सर्वेक्षकले राजीनामा दिएर गएकाले जनशक्ति व्यवस्थापन गर्नमा पनि समस्या भएको कार्यालय प्रमुख पन्तले बताए । आयोगले आवश्यक जनशक्ति पठाए द्रुत गतिमा काम अगाडि बढाइने जनाइएको छ । कञ्चनपुरमा झन्डै ७३ हजार भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जाका लागि निवेदन दिएको कार्यालय प्रमुख पन्तले बताए ।