खाेज्नुहाेस

कञ्चनपुर कारागारबाट कैदी भगाउने तीन जना पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुर कारागारबाट कैदी भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कञ्चनपुर कारागारमा प्रवेश गरेर कैदी बन्दीहरूलाई भगाउने कार्यमा संलग्न देखिएको भन्दै प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीले कारागारबाट मानिस बाहिर निकाल्ने कार्यमा संलग्न रहेको पाइएपछि तीन जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको बताए । अनुसन्धानका क्रममा रहेकाले उनीहरूले परिचय भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।

attariya hospital

उनीहरूले गरेको बयानका आधारमा अन्यको पनि खोजी कार्य भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताए । पक्राउ परेका तीनै जनालाई जिल्ला अदालत कञ्चनपुरमा पेस गर्ने कार्य भइरहेको प्रहरी उपरीक्षक खत्रीले बताए ।