खाेज्नुहाेस

बैतडीमा ५ थान भरुवा बन्दुक बरामद

Image
file photo

बैतडी – बैतडीमा प्रहरीले ५ थान भरुवा बन्दुक बरामद गरेको छ । बिहिबार पाटन नगरपालिका –७ उपल्लाबाटुलाका ५२ बर्षीय भागीराम लुहारको घरबाट ५ थान भरुवा बन्दुक बरामद गरिएको हो ।

navjiwan hospital

भागीराम लुहारको घरमा बन्दुक बनाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सादा पोशाकमा खटिएको टोलीले खानतलासी गर्दा ५ थान भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बल्देव बडूले बताए ।

attariya hospital

भागीराम लुहार अहिले उपचारको सिलसिलामा भारतमा रहेको बुझिएको र उक्त बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।