खाेज्नुहाेस

डोटीमा १ हजार ८६२ नयाँ मतदाता थपिए

Image

डोटी – डोटीमा १ हजार ८ सय ६२ जना नयाँ मतदाता थपिएका छन् । निर्वाचन आयोगले गत असोज १० गतेदेखि १६ वर्ष पूरा भई नेपाली नागरिकता प्राप्त व्यक्तिहरूलाई मतदाता नामावली दर्ताका लागि आह्वान गरेपछि मतदाता संख्या थपिएको हो ।

navjiwan hospital

जिल्ला निर्वाचन कार्यालय डोटीका कार्यालय प्रमुख करुणाकर पन्तका अनुसार थपिएका मतदातामध्ये ५ सय ८३ जनाले अनलाइन प्रणालीमार्फत मतदाता परिचयपत्रका लागि विवरण भरेका छन् भने १ हजार २ सय ७९ जनाको नाम दर्ता राष्ट्रिय परिचयपत्रको बायोमेट्रिक विवरणका आधारमा गरिएको हो ।

attariya hospital

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले असोज १० देखि मंसिर ५ सम्म मतदाता नामावली संकलनका लागि आवेदन खुला गरेको थियो । सोही अभियानअन्तर्गत डोटीमा यसपटक उल्लेख्य संख्या थपिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख पन्तका अनुसार मतदाता नामावली दर्तासँगै त्रुटि सच्याउने, मतदाता केन्द्र परिवर्तन गर्ने जस्ता कार्य पनि जारी छन् । पहाडी जिल्लाबाट बसाइँसराइ बढिरहेको समयमा यसरी मतदाता संख्या वृद्धि हुनु उत्साहजनक रहेको पन्तको भनाइ छ ।