अत्तरिया– डिप्रोक्स लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय परासीले एक विद्यार्थीलाई नगद सहयोग गरेको छ । संस्थाले पवन माध्यमिक विद्यालय रामग्रामकी कक्षा ७ मा अध्ययनरत छात्रा राधिका हरिजनलाई नगद रु. ५ हजार सहयोग गरेको हो ।
राधिकालाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत छात्रवृत्ति स्वरुप ५ हजार रुपैया सहयोग गरिएको संस्थाका शाखा प्रबन्धक खेमराज ओझाले जानकारी दिए । उनले सामाजिक उत्तरदायित्वको प्रत्याभूति र विद्यार्थीहरूको शैक्षिक प्रगतिको लागि उत्प्रेणा प्रदान गर्न संस्थाले छात्रवृत्ति प्रदान गरेको बताए । उनले संस्थाले कम आय भएका परिवारका बालबालिकाहरुलाई अध्यापनमा सहज होस भन्नका लागि यस्ता कार्यहरु गर्दै आएको बताए ।



उनले यस्ता कार्यले विद्यार्थीहरूमा शैक्षिक उत्साह, आत्मविश्वास र उत्कृष्ट उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यहरुर्लाइ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक सलिक राम लामिछानेले वित्तिय संस्थाले गरेको सहयोग केवल छात्रावृत्ति मात्र नभई विद्यार्थीहरूमा उत्कृष्ट उत्प्रेरणाको स्रोत बनेको बताए । उनले यस्ता प्रकारको सहयोगले विद्यार्थीमा अध्ययनप्रति उत्साह बढाउने र उज्जवल भविष्य निर्माणमा सहायक हुने समेत बताए ।
छात्रवृत्ति हस्तान्तरण कार्यक्रममा राधिकाका अभिभावक लालकुमारी हरिजन, विद्यालयका व्यवस्थापन समिति सदस्य विन्दु चौधरी, प्रधानाध्यापक लामिछाने, लघुवित्त संस्थाका सूचना अधिकारी तोरेन्द्र जि.सि तथा शाखाका कर्मचारीहरू लगायत विद्यार्थीहरुको सहभागीता रहेको थियो ।


















