
धनगढी – कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरीको धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो।
डुबेर गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।



















