अत्तरिया – कैलालीको चुरेमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। बुधवार चुरे गाउँपालिका–६ बुङगाकी ३६ वर्षकी निर्मला देवी थापा रुखबाट लडेर मृत्यु भएको हो।


थापा घर नजिकै जङ्गलमा स्याउला काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएकी थिइन्।
उनलाई उपचारको लागि अत्तरिया अस्पतालमा ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


















