चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चितवनले कर्णाली याक्सविरुद्ध चार विकेटको जित निकाल्यो ।
कर्णालीले प्रस्तुत गरको १ सय ६७ रनको लक्ष्य चितवनले ओभरमा १९.१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । चितवनका लागि रवि बोपाराले ३६ बलमा समान तीन चाैका र छक्काको मद्दतले सर्वाधिक ५२ रनको योगदान गरे । यसैगरी दीपक बोहोराले ४२, सैफ जैवले ३८ र कप्तान कुशल मल्लले २० रन बनाए ।


पाँचौँ विकेटका लागि रवि र सैफबीच ५२ रनको साझेदारी भएको थियो । कर्णालीका लागि कप्तान सोमपाल कामीले दुई तथा युनिशविक्रम सिंहठकुरी र युुवराज खत्रीले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ६६ रनको योगफल तयार पारेको थियो । कर्णालीका लागि प्रियान्क पान्चालले ४८ बलमा ७ चौका र ६ छक्काको मद्दतले सर्वाधिक ९० रनको योगदान गरे । उनलाई १६औँ ओभरको चौथो बलमा रवि बोपाराले देव खनालबाट क्यान गराए ।
यसैगरी पवन सर्राफले अविजित २७, म्याक ओ’ डोउडले २० र मार्क वाटले १६ रन बनाए । प्रियान्कले दास्रो विकेटका लागि मार्कसँग ६३ तथा पहिलो विकेटका लागि म्याकसँग ६१ रनको साझेदारी गरेका थिए । चितवनका लागि सोहेल तनवीर, सैफ जैब र रवि बोपाराले समान एक–एक विकेट लिए ।

















