खाेज्नुहाेस

दिनदहाडै चोरिएको सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी भेटिएन

Image

धनगढी – सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी उनको निवासबाट दिउँसै चोरिएको लामो समय बितिसक्दा पनि प्रहरीले हालसम्म लुटेरा र गाडीको कुनै सुइँको पाउन सकेको छैन । गत भदौ २५ गते धनगढीमा जेनजी आन्दोलनको प्रभाव रहेको मौका छोपी सोही दिन दिउँसो करिब १२ बजेतिर एक समूहले सुदूरपश्चिम विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायका डिन डाक्टर हेमनाथ जोशीको निजी निवासबाट गाडी लुटेर लगेको थियो । धनगढी उपमहानगरपालिका–५, हसनपुरस्थित निवासमा पार्किङ गरिराखिएको बा २ झ २८५९ नम्बरको सेतो स्कार्पियो गाडी मुखमा मास्क लगाएका आठ जनाको समूहले लुटेको थियो ।

navjiwan hospital

घटनालगत्तै डा. जोशीले प्रहरी तथा सेनालाई खबर गरेका थिए भने विश्वविद्यालय प्रशासनले पनि शंकास्पद व्यक्तिहरूको पहिचानसहित प्रहरीमा उजुरी दिएको थियो । तर, हालसम्म पनि परिणाम शून्य छ । जिल्ला प्रहरी कार्यालय, कैलालीले गाडी र लुटपाटमा संलग्नहरूको खोजी कार्य तीव्र गतिमा भइरहेको दाबी गरे पनि हालसम्म कुनै ठोस उपलब्धि हासिल गर्न सकेको छैन । कैलालीका प्रहरी प्रमुख एसपी नरेन्द्र चन्दले घटना योजनाबद्ध र असामान्य प्रकृतिको रहेको बताएका छन् ।

add everest academy
attariya hospital

उनले लुटपाटमा संलग्नहरूको खोजी जारी रहेको बताउँदै भने, ‘हामी खोजी कार्यमा छौँ, लुट्नेहरूको केही पत्ता लागेको छैन ।’ यो घटना जेनजी आन्दोलनको भोलिपल्ट घटेकाले यसलाई सोही आन्दोलनसँग जोडेर हेरिएको छ । आन्दोलनकै दिन नियन्त्रणमा लिइएका प्रदेश सभा सदस्यहरूले प्रयोग गर्ने अन्य दुईवटा गाडीहरू पछि फेला परेका थिए । तर डिन जोशीको गाडी भने अझैसम्म रहस्यमय ढंगले बेपत्ता रहेको छ ।