काठमाडौं – क्रिकेटको छोटो र रोमाञ्चक स्वरूप हङकङ सिक्सर्स २०२५ को उपाधि पाकिस्तानले जितेको छ । आज हङकङमा भएको फाइनल खेलमा कुवेतलाई ४३ रनले पराजित गर्दै पाकिस्तान च्याम्पियन बनेको हो । पाकिस्तान यसअघि साविकको उपविजेता टोली पनि हो ।
योसँगै पाकिस्तानले छैटौंपटक उपाधि जितेको छ ।



फाइनल खेलमा पाकिस्तानले दिएको १३६ रनको विजयी लक्ष्य पछ्याएको कुवेत ओभरमा ५.१ ओभरमा सवै विकेट गुमाउँदै ९२ रनमा समेटिएको हो ।
१२ टोली रहेको यस प्रतियोगितामा नेपाल पनि सहभागी थियो । तर नेपालले एक मात्रै खेल जित्न सक्यो । शनिबार भएको समूह चरणको खेलमा नेपालले भारतमाथि ९२ रनको फराकिलो जित दर्ता गरेको थियो । तर युएई, दक्षिण अफ्रिका, श्रीलङ्का र अफगानिस्तानसँग पराजित भएको थियो ।
नेपालले पहिलो पटक गत वर्ष यस प्रतियोगितामा सहभागिता जनाएको थियो । यो नेपालको दोस्रो सहभागिता थियो । ३३ वर्षको लामो इतिहास बोकेको यो प्रतियोगिता अनौठो ढाँचा र रोमाञ्चक शैलीका कारण विश्वभर चर्चित छ । यहाँ छक्का र चौकाको वर्षा नै गरिन्छ ।


















