खाेज्नुहाेस

धुरा मेलाका लागि पञ्चेश्वरमा २ दिन बिदा

Image

बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका –४ आमचोरास्थित प्रसिद्ध कैलपाल मन्दिरमा लाग्ने धुराका लागि २ दिन बिदा दिइएको छ । पञ्चेश्वर गाउँपालिकाले आइतबार एक सूचना जारी गर्दै मेलाका लागि कार्तिक २४ र २५ गते बिदा दिएको हो ।

navjiwan hospital

गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दद्वारा जारी सूचनामा बिदाको दिन गाउँपालिका अन्तरगतका सबै सरकारी कार्यालय, शैक्षिक संस्थाहरू एवम् बैङ्क तथा वित्तीय संस्थाहरूमा बिदा दिइएको उल्लेख छ ।

add everest academy
attariya hospital

यो मन्दिरमा हरेक वर्ष मङ्सिर कृष्ण पक्षको षष्ठी र सप्तमी तिथिमा मेला लाग्ने गर्दछ । यस वर्ष कार्तिक २४ गते रतेडी र कार्तिक २५ गते दिउसेडी मेला हुने धुरा मेला व्यवस्थापन समितिले जनाएको छ । कैलपाल धुरा मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थीहरु समेत पुग्ने गरेका छन् ।

जिल्लाका अन्य शक्ति पीठ तथा मन्दिरहरूमा कार्तिक शुक्ल पक्षमा जात्रा लाग्ने गरेको भए पनि पञ्चेश्वरस्थित कैलपाल धुरा मन्दिरमा मङ्सिर कृष्ण पक्षमा जात्रा लाग्ने गरेको छ ।