धनगढी – नेपाल प्रिमियर लिग (एनपीएल) को टोली सुदूरपश्चिम रोयल्सको कैलालीको धनगढीमा ट्यालेन्ट हन्ट सुरु भएको छ । धनगढी क्रिकेट एकेडेमी (डीसीए) मा आजदेखि ट्यालेन्ट हन्ट सुरु भएकोे हो ।
भोलि सम्म सञ्चालन हुने ट्यालेन्ट हन्टबाट उत्कृष्ट एक खेलाडीलाई छनोट गरिने टोलीका मुख्य प्रशिक्षक जगत टमटाले बताए ।

ट्यालेन्ट हन्टको पहिलो दिन एक सय ३४ जना खेलाडीले सहभागिता जनाउने रोयल्सले जनाएको छ । ट्यालेन्ट हन्ट सञ्चालनका लागि टोलीका मुख्य प्रशिक्षक टमटासंगै रोयल्सका खेलाडीहरु विनोद भण्डारी, इशान पाण्डे, नरेन साउँद लगायतको सहभागिता रहेको छ ।


एनपीएलको साविक उपविजेता टोली सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको तयारीका लागि यसअघि नै प्रशिक्षण सुरु गरिसकेको छ ।

















