खाेज्नुहाेस

हामी नागरिकहरू कसरी गल्ती  गरिरहेका छौँ !

Image
प्रा. डा. युवराज संग्रौला – नेपाली समाजको आधुनिक राजनीतिक विमर्शले लामो समय देखि एउटा कमजोरी गर्दै आइरहेको छ। त्यो कमजोरी हो  “व्यक्तिगत निहित स्वार्थ लाई राष्ट्रका स्वार्थ बनाएर आफ्नो महत्त्व वा अधिकार स्थापित गर्ने” खेलको मञ्चन। र, ती विमर्श र गतिविधिलाई राजनीतिक र वैधानिकता प्रदान गर्ने खेलको प्रपञ्च । यी गतिबिच गर्नु राष्ट्र घात हो, र यो अपराध अहिले जताततै जोसुकैले गर्दै आएका छन्। केही महत्त्वपूर्ण पक्षहरूको चर्चा गरौँ।
१. राजनीति र राजनीतिक सङ्गठनको जग “समाजको वर्ग विश्लेषणमा अधारीत हुन्छ।” राष्ट्रको पराधीनताबाट मुक्तिको सिद्धान्त र राजनीति सङ्गठनले बोक्ने बिचार र गर्ने राजनीति गतिविधि समाजको कुन तप्का र वर्ग सङ्ग जोडिएर उदबिकास वा उत्प्रेरित हुने हो भन्ने यकिन पहिला हुन्छ। बहुदलीय व्यवस्थामा अनेक राजनीति दलहरू प्रतिस्पर्धा गर्दछन्। तर उनीहरूका सिद्धान्त र कार्यक्रमहरू “कुनै न कुनै समूह सङ्ग जोडिएर क्रियात्मक हुन्छन्।” जस्तै किसान तथा न्यून आए भएका आम नागरिक, वा श्रमिक वा सेवा प्रदान गर्ने न्यून आय भएका नागरिक, वा बौद्धिक वा व्यवसायी, उद्यमी वा व्यापारी आदि।
हरेक राजनीति दलले पृथक् आर्थिक र सामाजिक वर्गको उन्नति र अझ उन्नतिका लागि काम गर्छ, तर उस्का नीति र कार्यक्रमको प्रस्थान बिन्दुको प्राथमिक लक्ष हुन्छ। यही प्राथमिक लक्ष बिन्दुका आधारमा नागरिकहरू एक आपसमा जोडिएर एउटा राजनीतिक सङ्गठन बनाउंछ्न। त्यसैसरि त्यसैगरी आफनो प्राथमिकताको दिशा निर्देश गर्न कुनै एउटा सिद्धान्त पनि बोक्छन्। एउटा उदाहरण दिऔँ। मानौँ, राजनीतिक सङ्गठन एउटा मानिस हो। उ जमिन खनेर खेती गर्ने लक्ष राख्छ। किन र के को खेती गर्ने? उसको सिद्धान्त पनि निश्चित छ। यहाँ सम्म आइपुग्दा उसको औजार निश्चित हुन्छ। त्यो उसको गतिविधिको निर्धारक तत्त्व (नेभिगेसन) हो। अब उसले काम सुरु गर्छ। यो स्पष्टता बिनाको राजनीति वैयक्तिक स्वार्थको खेल वा परीपन्च हो। अहिले जेन्जी आन्दोलन पछि नेपाल यो दुष्कर्मको भाषातर्फ धकेलिंदैछ।
२. अर्थात् नेपाली राजनीति सिद्धान्त र आर्थिक वर्गको हिसाब किताब नगरी, व्यक्तिगत आर्थिक र राजनीतिक लाभ र ती लाभ पूरा गर्न राज्य सत्तामा आफ्नो अधीन कायम गर्दै आफ्ना निहित स्वार्थलाई राष्ट्र र समाजका स्वार्थ बनाउन उद्द्त छ। अहिले देखिएका एकता र नंया दलका खेलहरू “आर्थिक वर्ग र राजनीति सिद्धान्त विहीन” स्वार्थी उद्देश्यबाट प्रेरित छन्।
३. अहिले पार्टीहरू फुट्दै छन् र फुटेकाहरू जोडिदैछ्न। यी फुट र जोडमा निहित स्वार्थको खेल मात्र छ, र त्यो फेरि राज्यलाई आफ्नो सेवामा परिणत गरौँ भन्ने उद्देश्य वा  निर्देशित छन्। अहिले पुराना दलहरू विगतमा झैँ “अपवित्र गठबन्धन बनाउन उद्धत छन्।” कोही डराएर एक हुँदै छन्। कोही आफ्नो कमाइ बचाउन एक हुँदै छन्। कोही मौका आउला कि भनेर एक हुंदैछ्न। यिनै स्वार्थबाट नंया बनाउनेको पनि जोडदार प्रयास गर्दै छन्।
४. यी धेरै पुराना र केही नंया मालिकहरूलाई “राष्ट्रको सुरक्षा, स्वतन्त्रता, नागरिकको समृद्धि र राज्यमा नागरिक सर्वोच्चता कायम गरी सुशासन गर्ने कुरा केवल कागज बनाउने खेल मात्र हुन।” हिजो ३७ वर्षमा तपाइहरुले राज्यको सामर्थ्य निर्माण गर्न, उत्पादन र उत्पादकत्वको उन्नयन गर्न, सामाजिक संरचनाको रूपान्तरण गर्न र राज्यका स्थानीय तहको नागरिक सहभागितामा आधारित स्वायत्तता निर्माण गर्न के गर्नु भयो? केही गर्नु भएन, तपाइहरुको असफलता नागरिकले देखेका छन्। तर, आफ्ना वैचारिक कमजोरी र आर्थिक वर्गीय आधारहरूको कुनै लेखा जोखा बिना फेरि एकातिर फुटेर अर्कातिर जोडिने खेलहरू घनिभूत भएका छन्।
तपाइहरु पहिला यी प्रश्नको उत्तर दिनु हो ?
१. जेन्जी आन्दोलन हुनुपर्ने र देश जलेर ध्वस्त हुनुपर्ने अवस्था तपाइहरुका अकल्पनीय भ्रष्टाचार र अपवित्र गठबन्धनबाट भएको होइन?
२. तपाइहरुका अपवित्र गठबन्धन तपाइहरुले सिद्धान्त र वर्गीय आधार परित्यागका परिणाम होइनन्?
३. तपाइहरुको सत्तामा कुनै समस्या थिएनन् भने किन २ दिन पनि टिक्न नसकी भाग्नु परेको हो? ल, मानौँ सुरक्षा निकायले धोका दिएछन् र विदेशीले खेलेछन्। सुरक्षा निकायले सहयोग नगर्नु र विदेशीले            खेल्न पाउनु नै तपाइहरु असफल हुनु होइन?
४. अनि, आज तपाइहरुको नंया एकता र नंया फुटको सिद्धान्त र वर्गीय आधार के हो?
५. तपाइका नंया बनेका दलका सिद्धान्त र देश समृद्धिका आर्थिक र सामाजिक रणनीति के हुन?
add everest academy
attariya hospital
६. हिजोका अपवित्र गठबन्धन बनाउने सबै राजनीति दलहरूले “आफ्ना सत्ता स्वार्थ र भ्रष्टाचारबाट धन कमाउने नियत” लाई राजनीतिको परिभाषा दिँदै, ३७ वर्षको लामो युगमा
navjiwan hospital
१. राष्ट्रलाई भूराजनीतिको दुष्ट गोल चक्करमा हाल्दा, देश जलेर खरानी भएको छ। अर्थतन्त्र ध्वस्त भएको छ। शिक्षा बर्वाद भएको छ। पर्यावरण समाप्त भएको छ। भौतिक निर्माणका परियोजना देखि खरिद बिक्री सम्म भ्रष्टाचारले ग्रस्त पारेको छ। एक जना मन्त्रीले अघिल्लो सरकारमा “राज्यमन्त्री स्तरको मेकअप सल्लाकार” राखेको  रहेछ। यो कस्तो शासन थियो।
२. देशको परराष्ट्र सम्बन्ध कस्तो छ। कस्ता राजदूत नियुक्त गरिए, र एउटा राजदूत कति पैसामा बेचिए ? विश्वद्यिालयलहरुको  स्वतन्त्रता कसरी लुटियो?
३. कृषि उत्पादन विसर्जन भयो र देश विदेशी ऋणको चङ्गुल र विदेशी सहयोगको दुर्व्यसनमा परेको छ।
४. हो, देश आज भूराजनीतिको दुष्ट चङ्गुल र विदेशी खेलको मारमा जल्न पुगेको छ। तर यो “विदेशी खेलले तपाइहरुका हिजोका अपराध धुदैंन।”
attariya technical collage
अतः आज पनि अपवित्र गठबन्धन बनाउने खेलको वैधानिकताको आशा गर्नु बेकार छ। तर राम्रा देशभक्त साथीहरूमा पनि राष्ट्रको जिम्मेवारी बोक्ने भन्दा “ससाना आफ्ना निहित स्वार्थले नै गाँजेको छ।” अतः अहिले राष्ट्र लाई यो दुष्ट चङ्गुलबाट निकाल्न “देशभक्तहरू र सामाजिक आर्थिक परिवर्तनका” पक्षधर प्रगतिशील साथीहरूको चेतनायुक्त एकताको आवश्यकता  देशले चाहेको छ। तसर्थ, व्यक्ति होइन बिचारको खोजी गर्दै अगाडि बढ्ने समय हो यो। अपवित्र गठबन्धनको मलामी बन्ने समय होइन।
 प्रा. डा. युवराज संग्रौला