पीडा लुकाइ मुस्कुराउने हजार देखेको छु,
बाहिर उजाड, भित्र बहार देखेको छु ।


गर्धन जोड्यो भनेर, फुरुङ्ग नबन महोदय ,
उस्को आँखामा,गर्धन छिन्ने तरबार देखेको छु ।

खुसी खरिद गर्नकै लागि,उस्ले दुःख बेचेको हो,

सुनसान रातमा पनि,रङ्गिन बजार देखेको छु।
सान्त्वनाको धापले ,मुसार्ने बाटै धोका हुनसक्छ ,
माया को अङ्गालो भित्र,व्यभिचार देखेको छु।
दशरथ ओझा
गोदावरी ०४,वसन्तपुर कैलाली
















