खाेज्नुहाेस

डडेल्धुरा कारागारबाट भागेका ८० कैदिवन्दी पक्राउ

Image

डडेल्धुरा – डडेल्धुरा कारागारबाट भागेका ८० कैदिवन्दी पक्राउ परेका छन । जेन जी आन्दोलनका क्रममा अदालतमा भएको आगजनी र तोडफोडपश्चात् भागेका ८५ जना कैदीबन्दीमध्ये ८० जना पक्राउ परेका हुन । कारागारका प्रशासक सन्तोषकुमार भट्टका अनुसार भागेका ५ कैदिवन्दी अझै फरार रहेका छन ।

भदौ २५ गते बिहान ‘जेनजी आन्दोलन’का क्रममा कैदीबन्दीहरूले आफ्ना सरसामानमा आगो लगाई कारागारको ढोका फोडेर सामूहिक रूपमा फरार भएका थिए । त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले देशका विभिन्न स्थानबाट धेरैजना फरार कैदीलाई पक्राउ गरेको थियो ।

add everest academy
attariya hospital
navjiwan hospital

१२७ जना कैदीबन्दी रहेको सो कारागारबाट ८५ जना भागेका थिए । अहिले कारागारमा १२२ जना कैदीबन्दी पुनः राखिएका छन् ।

फरार पाँच जनामध्ये चार जना जबरजस्ती करणीसम्बन्धी र एक जना कर्तव्य ज्यान मुद्दाका कैदी हुन् । जबरजस्ती करणी मुद्दाका दुई जनाको ठेगाना बैतडी, एक–एक जनाको डडेल्धुरा र डोटी रहेको बताइएको छ । कर्तव्य ज्यान मुद्दाका फरार कैदी डडेल्धुराको परशुराम नगरपालिका–५ का हुन् ।

त्यसैगरी, हाडनाता जबरजस्ती करणी मुद्दाका फरार कैदी डडेल्धुराको नवदुर्गा गाउँपालिका–४ का रहेका छन् भने अन्य फरारहरू बैतडीको पाटन नगरपालिका–८, सिगास गाउँपालिका–७ र डोटीको जोरायल गाउँपालिका–१ का हुन् ।

attariya technical collage

कारागार प्रशासनले बाँकी फरार कैदीहरूको खोजी कार्य निरन्तर जारी रहेको जनाएको छ ।