खाेज्नुहाेस

डोटीमा एक शिक्षक मृत फेला

Image

धनगढी – डोटीमा एक शिक्षक मृत फेला परेकी छिन् । पुर्वीचौकी गाउँपालिका– १ की २७ वर्षीया जानकी खड्का घर नजिकै मृत फेला परेकी हुन् ।
उनी घर नजिकै झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामचन्द्र जोशीले बताए ।

navjiwan hospital

मृतक शिक्षक खड्का बाजुरको बुढीगंगा नगरपालिका– ५ मा रहेको भानोदय माविमा कार्यरत थिइन् ।

add everest academy
attariya hospital

प्रहरीले शिक्षक मृत्यु प्रकरणमा अनुसन्धानका लागि शिक्षा समन्वय इकाई डोटीमा कार्यरत विद्यालय निरिक्षक (विनी)  गणेश रावललाई पक्राउ गरेको छ । रावलमाथि आत्महत्या दुरुत्सानमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Updateडोटीमा मृत फेला परेकी शिक्षकको सोसाइट नोट भेटियो