खाेज्नुहाेस

खाद्यले आजदेखि कैलालीमा धान खरिद गर्दै

Image

धनगढी – कैलालीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आज (बुधवार) देखि धान खरिद गर्ने भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कैलालीको ६ स्थानमा खरिद डिपो राखेर धान खरिद गर्ने भएको छ ।

navjiwan hospital

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख दीपक थापाले धान खरिदका लागि केन्द्रबाट परिपत्र आइसकेको बताए । उनले जिल्ला प्रशासन कार्यालय कैलालीमा बसेको खरिद समितिको बैठकले बुधवारदेखि धान खरिद गर्ने निर्णय गरेको बताए ।

add everest academy
attariya hospital

सरकारले पहिलो चरणमा कैलालीका लागि ३५ हजार क्विन्टल धान खरिद गर्ने कोटो निर्धारण गरेको प्रमुख थापाले बताए ।

कैलालीमा विभिन्न ६ ठाउँमा धान खरिद डिपो राखिने कार्यालय प्रमुख थापाले बताए । उनले धनगढीको मोहनपुर, गौरीगङ्गा, जोशीपुर, भजनी, सत्ती, र टीकापुरमा डिपो राखेर धान खरिद गर्ने बताए । नेपाल सरकारले गत साउन २६ गते नै धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको थियो ।