अत्तरिया – कैलालीको धनगढीबाट लागू औषध सहित २ युवक पक्राउ परेका छन् । सोमबार धनगढी उपमहानगरपालिका – ५ हसनपुरबाट लागू औषध सहित धनगढी उपमहानगरपालिका – १७ का २२ वर्षीय हरी चौधरी र गोदावरी नगरपालिका – ९ का ३३ वर्षीय प्रवीण राना पक्राउ परेका हुन ।

उनीहरूको साथबाट ३ ग्राम ३२० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी र लागु औषध नियन्त्रण ब्युरो शाखा धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।















