खाेज्नुहाेस

बाजुराको कोल्टी अस्पतालमा तीन दिन निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Image

बाजुरा– बाजुराको कोल्टी आधारभुत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । जिल्लाको पूर्वी उत्तरी क्षेत्र बुढिनन्दा नगरपालिका– १ मा रहेको सो अस्पतालमा यही कार्तिक २४ गतेदेखी तीन दिन वृहत स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।

दुर्गमका नागरिकको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्न लागिएको बुढीनन्दा नगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमजंग शाहीले बताए । उनका अनुसार, एक एक पाइला, गेटा आँखा अस्पताल र बुढीनन्दा नगरपालिका बीचको समन्वयमा शिविर सञ्चालन गर्न लागिएको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

शिविर सञ्चालनले दुर्गमका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुग्ने विश्वास लगिएको शाहीले बताएका छन् । साथै माथिल्लो क्षेत्रका ४ वटा स्थानीय तहका नागरिक सँगै छिमेकी जिल्ला हुम्ला, मुगु, कालिकोट लगायत १७ पालिकाका नागरिक शिविरबाट लाभान्वित हुने उनको भनाइ छ ।

कार्तिक २६ गतेसम्म सञ्चालन गरिने निःशूल्क स्वास्थ्य शिविरमा आँखा रोग सेवा– मोतिबिन्दुको निःशुल्क शल्यक्रिया) जेनेरल मेडिसिन, छाला रोग सेवा, नाक, कान, घाँटी रोग सेवा, स्त्री तथा प्रसूति रोग, दाँत रोग सेवा, सामान्य शल्यक्रिया सेवा, कलेजो रोग, हाड तथा जोर्नी रोग सेवा, बाल रोग, प्याथोलोजी सेवा, रेडियोलोजी, इन्डोस्कोपी सेवा र फार्मेसी लगायतका सेवाहरू प्रदान गरिने भएको छ ।

कोल्टी आधारभूत अस्पतालले पछिल्लो समय गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । दुर्गमका नागरिकलाई सहज रूपमा सेवा प्रदान गरेकोमा कोल्टी अस्पताललाई ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत समेत गरिएको थियो ।

attariya technical collage