खाेज्नुहाेस

विपिनको शव घरमा पुग्यो

Image
अत्तरिया – इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको कञ्चनपुरको भीमदत्त नगरपालिका ३, मालिकार्जुन टोलस्थित  घरमा पुगाइएको छ । सोमबार साँझ धनगढी विमानस्थलमा पुगेको शव धनगढीको शव वाहन मार्फत घरमा पुगाइएको हो । विपिनको शवको उनको परिवार सहित कैयौँ छिमेकी प्रतीक्षामा बसेका थिए । सोमबार लक्ष्मी पूजा तथा दीपावलीको दिन भए पनि विपिनको शव आउने भएपछि छिमेकीहरू दीपावली नै नगरी बसेका थिए ।
add everest academy
attariya hospital
सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको थियो ।
navjiwan hospital
विपिनको भोलि महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।
attariya technical collage
आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए ।