खाेज्नुहाेस

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कुकुर पूजा

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कुकुर पूजा गरिएको छ । तिहार अन्तरगत आज कुकुर पूजा गर्ने परम्परा अनुसार प्रहरी कार्यालयका कार्यरत कुकुरको पूजा गरिएको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले कुकुर तिहारको अवसरमा नेपाल प्रहरीको अपराध अनुसन्धानमा विशेष योगदान पु¥याउने तालिम प्राप्त कुकुरहरूको पूजा गरेका थिए ।

add everest academy
attariya hospital

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली अन्तर्गत रहेको केनाईन शाखामा कार्यरत कुकुरहरूलाई पूजा गर्दै माला लगाई विशेष भोजन खुवाइएको थियो ।

अपराध अनुसन्धान र शान्ति सुरक्षामा विशेष भूमिका निर्वाह गरिरहेका कार्यरत कुकुरहरूको परम्परागत रूपमा पूजा आयोजना गरिएको प्रहरीले जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको केनाईन शाखामा अपराध अनुसन्धानका विभिन्न क्षेत्रमा तालिम प्राप्त कुकुरहरू सक्रिय रूपमा कार्यरत रहेका छन् ।