खाेज्नुहाेस

कैलालीमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

Image

धनगढी– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो ।

navjiwan hospital

बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९९१ नं को ट्याक्टर आइतबार दुर्घटना भएको प्रहरीले बताएको छ । दुर्घटनामा परी बर्दगोरिया गाउँपालिका–४ का ६४ वर्षीय दानबहादुर साउँद, ३४ वर्षीय हर्क साउँद र १६ वर्षीय शीतल साउँदको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्रबहादुर सिंहले जानकारी दिए ।

add everest academy
attariya hospital

प्रहरीका अनुसार मलामी बोकेको उक्त ट्याक्टर दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । दुर्घटनाका घाइतेलाई स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी लम्कीस्थित लालरत्न अस्पताल पठाइएको प्रहरीले जनाएको छ । ट्याक्टर अनियन्त्रीत भएर दुर्घटना भएको बताईएको छ ।