खाेज्नुहाेस

‘अत्तरिया च्याम्पीयनसिप’ ब्याडमिन्टन प्रतियोगिताको उपाधी पुन र ओलीको टोलीलाई

Image

अत्तरिया– कैलालीको अत्तरियामा आयोजित ‘अत्तरिया च्याम्पीयनसिप २०८२’ बि लेबल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी पुन र ओलीको टोलीले हात पारेको छ । आईतबार भएको फाईनल खेलमा आयोजकका तर्फबाट सन्तोष भट्ट र राम कुँवरको टोलीलाई २–१ को सेटले पराजित गर्दै जितेन्द्र पुन र बिजन ओलीको टोलीले जित हात पारेको हो ।

प्रतिष्पर्धात्मक रुपमा चलेको फाईनल खेलको पहिलो सेट पुन र ओलीको टोलीले जितेपनि दोस्रो सेट भट्ट र कुँवरको टोलीले जितेको थियो । त्यसपश्चात प्रतियोगिताको उपाधीका लागि भएको फाईनल सेटमा भट्ट र कुँवरको टोलीलाई पराजित गर्दै पुन र ओलीले टोलीले जित हात पारेको हो ।

add everest academy
attariya hospital
navjiwan hospital

उपाधी जितेसँगै पुन र ओलीको टोलीले नगद रु. ४१ हजार १ सय सहित ट्रफि, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता बनेको भट्ट र कुँवरको टोलीले नगद रु. २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा अमित शाही र जिवन खड्काको टोली तथा राजेश साउँद र सरद खड्काको टोलीले तेस्रो स्थान हासिल गरे । उनिहरु दुवै टोलीले समान रु. ५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारे ।

अत्तरियामा रहेको सारिका प्रिन्टिङ हाउसको आयोजना र माउन्ट एभरेष्ट क्लबको सहआयोजनामा आयोजित प्रतियोगितामा कैलाली, कञ्चनपुर, दार्चुला, दाङ, बर्दिया लगायतका विभिन्न जिल्लाहरुका ५९ वटा टोलीको सहभागिता रहेको थियो । नक आउटको आधारमा खेलाइएको प्रतियोगितामा राष्ट्रिय र क्षेत्रीय खेल खेलेका खेलाडीहरुलाई भने सहभागी हुन दिईएको थिएन । प्रतियोगिता अत्तरियास्थित नमस्ते होटलको ब्याडमिन्टन हलमा आयोजना गरिएको थियो ।

attariya technical collage