बैतडी – बैतडीको पाटनमा सम्पन्न पाँचौं संस्करणको उदयदेव–पाटन प्रिमियर लिग (युपीएल)को उपाधि कोइनडा गुरुखोला लायन्सले हात पारेको छ । गुरुखोलाले लगातार दोश्रो पटक उपाधि जितेको हो । गत बर्ष पनि गुरुखोलाले उपाधि हात पारेको थियो ।
शनिवार सम्पन्न फाइनल खेलमा हिमचुली युवा सदनलाई ७ विकेटले पराजित गर्दै गुरुखोलाले उपाधि हात पारेको हो । जितसँगै गुरुखोलाले १ लाख ३५ हजार ७ सय ९१ रुपैयाँ नगद पुरस्कार हात पार्यो भने उपविजेता हिमचुलीले ५६ हजार ७ सय ७९ रुपैयाँ प्राप्त गरेको छ ।



प्रतियोगितामा विजेता, उपविजेता अन्य पुरस्कार जितेका खेलाडीहरुलाई पाटन एकता समाजका अध्यक्ष किरण चन्द, पाटन नगर प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, बैतडी क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द लगायतले पुरस्कार वितरण गरे ।
पाटन एकता समाजको आयोजना र पाटन नगरपालिकाको प्रायोजनमा भदौ २५ गतेबाट सञ्चालन भएको प्रतियोगितामा १३ टीमको सहभागिता रहेको थियो ।
स्थानीयस्तरमा सञ्चालन भएको यो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन र खेलाडीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
