खाेज्नुहाेस

दार्चुलामा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न निर्देशन

Image

दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाले राति १० बजेसम्म मात्र देउसीभैलो खेल्न भनेको छ । देउसीभैलो लगायतका सांस्कृतिक कार्यक्रम अनुशासित एवम मर्यादित रुपमा राति १० बजेसम्म मात्र खेल्न प्रशासनले अनुरोध गरेको हो ।

navjiwan hospital

प्रशासनले मौलिक परम्परा संस्कृतिको संरक्षण गर्दै तथा प्रचलित कानूनको परिपालना गरी तिहार मनाउन भनेको छ । पटाका आतिशवाजी लगायतका विस्फोटक पदार्थहरूको प्रयोग, ओसारपसार तथा विक्री वितरण नगर्न अनुरोध गरेको छ । ‘सवारी चालकले मादक पदार्थ सेवन गरी सवारी नचलाउने, क्षमता भन्दा बढी यात्रु नबोक्ने, तोकिएको भन्दा बढी भाडा नलिने तथा यात्रुलाई कुनै सहयोग आवश्यक परेमा वा कुनै गुनासो भएमा यात्रु सहायता कक्षमा सम्पर्क गर्नुहोला’, सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिह धामीद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

add everest academy
attariya hospital

चाडपर्वको बेला हुन सक्ने चोरी, डकैती तथा लुटपाटको घटना न्यूनीकरण गर्न र आ–आफ्नो धन सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिन प्रशासनले अपिल गरेको हो । सूचना विपरीत कार्य गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय दार्चुलाले चेतावनी दिएको छ ।