खाेज्नुहाेस

जेन जी आन्दोलनपछि पहिलो पटक च्यासल पुगेर सरकार माथि खनिए ओली

Image

काठमाण्डौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेन जी आन्दोलन पछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालय च्यासलमा पुगेका छन । उनी शनिबार केन्द्रीय कार्यालय आयोजित चियापान कार्यक्रममा सहभागी हुन त्यहा पुगेका थिए ।

चियापान कार्यक्रममा बोल्दै उनले पुरानै शैलीमा टुक्काहरु सुनाएका थिए ।

add everest academy
attariya hospital
navjiwan hospital

कायक्रममा बोल्दे ओली वर्तमान सरकार माथि खनिएका थिए । ओलीले वर्तमान सरकार जग नै नभएको समेत आरोप लगाए ।

‘यो एउटा भुल्को हो । यो सरकार भनेको म्याद नतोकिएको म्यादी सरकार हो । यो सरकार रहन्छ भन्ने भ्रम रहन्छ भने त्यो छाडिदिए हुन्छ,’ ओलीले भने, ‘जग नभएको यसो हल्लाउँदा हल्लिने सरकार हो । कति जग भएकालाई त बलजफ्ती फ्याँकियो भने यो जगै नभएको । हल्लिँदा पुक्लुक्क हुन्छ । अनि यो सरकारका यत्रा धाकधम्की ?’
उनले सरकारमाथि आक्रोश पोख्दै भने अस्वस्थता फैलाउँदै गरेको आरोप लगाए ।

उनले भने ‘सरकारलाई रिस उठोस् कि नउठोस्, नेकपा एमाले पनि यो देशमा छ, शान्ति, सुशासन स्थापना गरिछाड्छ । भ्रष्टाचार नियन्त्रण गरिछाड्छ ।’

attariya technical collage