खाेज्नुहाेस

सुनको मूल्य हालसम्मकै उच्च

Image
file photo

काठमाडौँ – स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला दुई हजारले बढेर दुई लाख ५० हजार ९०० पुगेको छ ।

navjiwan hospital

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ ले बढेर आज तीन हजार २७५ मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

add everest academy
attariya hospital

बुधबार सुन प्रतितोला दुई लाख ४८ हजार ९०० र चाँदी प्रतितोला तीन हजार २४० मा किनबेच भएको थियो ।