नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । आज सुनको मूल्य प्रतितोला चार सयले बढेर २ लाख ४८ हजार ९ सय पुगेको हो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ८५ ले घटेर आज ३ हजार २४० मा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।


हिजो मङ्गलबार सुन प्रतितोला २ लाख ४८ हजार ५०० र चाँदी प्रतितोला ३ हजार ३२५ मा किनबेच भएको थियो ।