खाेज्नुहाेस

हमासबाट मारिएका विपिन जोशीको शव नेपाल ल्याउने प्रक्रिया शुरू

Image

काठमाण्डौ– हमासबाट मारिएका कञ्चनपुरका विपिन जोशीको शव स्वदेश ल्याउने आवश्यक प्रकृया सुरु भएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति निकालेर विपिनको शव नेपाल ल्याउनका लागि आवश्यक प्रकृया भैरहेको जनाएको हो ।

navjiwan hospital

इजरायलमा रहेका नेपाली दूतावासका प्रतिनिधिले तेल अभिव स्थित ‘नेशनल सेन्टर फर फरेन्सिक मेडिसिन’ को भ्रमण गरी विपिनको शवबारे थप पुष्टि गरेको र शव नेपाल ल्याउनेबारे प्रक्रिया शुरू भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । जोशीको शव नेपाल ल्याइसकेपछि पनि ज्यान जानुको वास्तविक कारण र परिस्थितिको सम्बन्धमा थप छलफल हुने बताईएको छ ।

add everest academy
attariya hospital

मन्त्रालयले सम्बन्धित सरकार तथा सरोकार भएकाहरूसँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउन, न्याय दिलाउन र जोशीको परिवारले पाउने सामाजिक सुरक्षा, क्षतिपूर्ति, बीमा, सुविधाको लागि उचित पहल गरिने मन्त्रालयले जनाएको छ । जोशीको शव नेपाल ल्याउन अझै केही दिन लाग्नेछ ।