खाेज्नुहाेस

बझाङका अर्जुन जापानबाट सम्पर्कविहीन

Image

बझाङ – ‘भोलि नेपाल आउँदै छु’ भन्दै जापानबाट श्रीमतीलाई फोन गरेका बझाङका अर्जुनबाबु सुर्वणकार त्यसपछि सम्पर्कविहीन भएका छन् । जयपृथ्वी नगरपालिका –१०, बझाङका ३८ वर्षीय अर्जुन गत जेठमा मात्रै जापान गएका थिए ।

navjiwan hospital

असोज २१ गते राति श्रीमती चम्फा देवीलाई सम्पर्क गरी भोलिपल्ट नेपाल आउने टिकट रहेको बताएका उनी त्यसयता सम्पर्कमा छैनन् । काम गर्न जापानको टोकियो पुगेका अर्जुनले त्यहाँ पुगेपछि आफू बिरामी भएको र काम गर्न नसक्ने भन्दै नेपाल आउन परिवारलाई खर्च पठाइमागेको उनका दाइ सन्तोषले जानकारी दिए ।

add everest academy
attariya hospital

‘भिडियो कल गरेर म यहाँ बस्न सक्दिन । मलाई खर्च पठाइदिनुप-यो भन्यो,’ सन्तोषले भने, ‘हात, खुट्टा र मुख सुन्निएजस्तो देखिन्थ्यो । त्यसपछि नेपाल आउने खर्चस्वरूप एक लाख रुपैयाँ पठाएको थिएँ ।’

नेपाल आउने टिकट समेत काटिसकेका अर्जुन रहस्यमय तरिकाले सम्पर्कविहिन भएपछि परिवार चिन्तामा छन् । अर्जुनको खोजीका लागि सहयोग गर्न उनले सबैमा आग्रह गरेका छन् ।