डोटी – डोटीमा इभी गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार अछामबाट धनगढी आउँदै गरेको गाडी भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–२ मा दुर्घटनामा हुँदा १ जनाको मृत्यु भएको हो ।

सु.प.प्र.०१००१ ख ३९५६ नम्बरको गाडी दुर्घटना हुँदा अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा ६ बालबालिकासहित २१ जना घाइते भएका छन् ।


घाइते भएका २१ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते सबैलाई उपचारका लागि धनगढी ल्याइएको छ ।
प्रहरीका अनुसार, गाडी तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।