खाेज्नुहाेस

गौरीगंगा नगरपालिकालाई एकै दिन ११ संघसस्था र व्यवसायीले गरे जिन्सी सामान सहयोग

Image

अत्तरिया – कैलालीको गौरीगंगा नगरपालिकालाई सहयोग जुट्न थालेको छ । बिहीबार एकै दिन नगरपालिकालाई ११ वटा संघ संस्था र व्यवसायीले जिन्सी सामान सहयोग गरेका हुन ।
जसअन्तर्गत गौरीगंगा नगरपालिका – १ चौमालामा रहेको चौमाला बहुमुखी क्याम्पसले ल्यापटप १ वटा, प्रिन्टर १ वटा सहयोग गरेको छ ।

बिहीबार नै नेपाल शिक्षक महासङ्घले नगरपालिकालाई स्टिल दराज एक थान सहयोग गरेको छ । यस्तै बिहीबार नै चैतन्य पाठशाला धनगढीले एक थान प्रिन्टर सहयोग गरेको छ ।

add everest academy
attariya hospital
navjiwan hospital

यस्तै गौरीगंगा गार्मेन्टले प्लास्टिक कुर्ची ५ वटा, गौरीगंगा नगरपालिका – १ मा रहेको जय किसान सहकारी संस्था लिमिटेड रङ्गिन प्रिन्टर १ वटा, गोड़तोला कम्प्युटरले पनि रङ्गिन प्रिन्टर १ वटा र गौरीगंगा नगरपालिका – १ मा रहेको मोहोन्याल विद्या मन्दिरले डेस्कटप कम्प्युटर १ सेट सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

यसैबिच बिहीबार नै जीवित परमेश्वरको चर्च मंगलपुर, जीवित परमेश्वरको चर्च खुरखुरिया र इम्मानुएल डिबि एकेडेमी मंगलपुरले अफिस टेबल २ वटा र चेयर २ वटा सहयोग गरेका छन् ।
यस्तै उद्योग वाणिज्य सङ्घ गौरीगंगाले पनि डेस्कटप कम्प्युटर १ सेट नगरपालिकालाई सहयोग गरेको छ ।

गौरीगंगा नगरपालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम बहादुर केसीले बिहिबार देखि नगरपालिकाले सेवा पनि सूचारु गरेको बताए । उनले नगरपालिका आगजनीपछि जिन्सी सामान ध्वस्त भएपछि जनसमुदायमा सहयोगको अपिल गरिएकोमा सहयोग जुट्ने क्रम जारी रहेको बताए ।

attariya technical collage