खाेज्नुहाेस

सुदूरपश्चिममा कार्यरत चार डिएसपीको सरुवा

Image

धनगढी – सुदूरपश्चिममा कार्यरत ४ प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा भएको छ । बुधवार देशभर ९० जना डिएसपीको सरुवा हुँदा सुदूरपश्चिमका ४ डिएसपी परेका हुन ।

navjiwan hospital

सुदूरपश्चिमबाट प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रकाश दाहाल, नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरमा कार्यरत देवेन्द्रकुमार मल्ल, इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नविनराजा बुढाथोकी र जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख सुगन्ध श्रेष्ठको सरुवा भएको छ ।

add everest academy
attariya hospital

दार्चुलाका डिएसपी दाहालको ठाउँमा बागमती प्रदेश प्रहरी कार्यालयबाट गौरव महत, कञ्चनपुरमा कार्यरत डिएसपी मल्लको ठाउँमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट मिलन बस्नेत, इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी बुढाथोकीको ठाउँमा कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रबाट प्रकाश डाँगी र जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी श्रेष्ठको ठाउँमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट वरुणबहादुर सिंह आउने जनाइएको छ ।