खाेज्नुहाेस

अत्तरियामा सेकुवा घर सञ्चालनमा

Image

अत्तरिया– कैलालीको अत्तरियामा सेकुवा घर सञ्चालनमा आएको छ । स्थानिय दुई जना युवाहरुले मिलेर अत्तरिया स्थित बसपार्क अगाडी सेकुवा घर नामक होटल सञ्चालनमा ल्याएका हुन ।

उक्त सेकुवा घरबाट दाउरामा पुरानो तरिकाले बनाईने सेकुवाहरु पाईनुका साथै अन्य विभिन्न नास्ताका परिकारहरु पनि पाईने सञ्चालन विरेन्द्र थापाले बताएका छन । उनका अनुसार अत्तरिया क्षेत्रमा नै केजीका दरले सेकुवाहरु पनि उक्त होटलबाट पाईनेछ । जसमा खसी, लोकल कुखुरा, ब्रोइलर कुखुरा, बंगुर र माछाको समेत सेकुवा रहने उनले बताए ।

add everest academy
attariya hospital
navjiwan hospital

उनले अत्तरिया क्षेत्रमा सेकुवाको बजार राम्रो रहेको बताउदै अन्य होटलहरुको तुलनामा सहुलियत दरमा आफूहरुले सेकुवा प्रदान गर्ने बताए । ‘हामीले सम्पुर्ण खानेकुराहरु पनि यहाँबाट दिने योजना बनाएका छौ’ उनले भने ‘हाम्रो लक्ष्य भनेको ग्राहकहरुलाई उनिहरुको चाहनाअनुसार विभिन्न परिकारहरु सहुलियत दरमा दिने हो ।’

उनका अनुसार धनगढीमा पनि सेकुवा घरको शाखा खुलिरहेको छ । करिब १५ लाख सम्मको लगानीमा सेकुवा घर सञ्चालनमा ल्याईएको उनले बताए । यसअघि पनि होटल व्यवसाय गर्दै आएका थापा र टेक बहादुर खत्रीले मिलेर सेकुवा घर सञ्चालनमा ल्याएका हुन ।

बिहिबार गोदावरी होटल व्यवसायी संघका अध्यक्ष लक्ष्मण धामीले सेकुवा घरको उद्घाटन गरे । उद्घाटन पश्चात बोल्दै उनले अत्तरिया क्षेत्रमा होटल व्यवसाय खुल्नु एकदमै राम्रो भएको बताए । उनले पछिल्लो केही समय देखी देखिएको विकराल अवस्थामा पनि खाजा घरका रुपमा सेकुवा घर खुल्दा आफू खुसी भएको बताए । उनले होटल व्यवसाय मात्रै हरेक व्यवसायहरु नाजुक अवस्थामा रहेको बताए । उनले वर्तमान परिस्थीतिलाई हेर्दा हेर्दै पनि होटलमा लगानी गर्ने आँट गरेर होटल सञ्चालन गरेको भन्दै उनले सञ्चालकद्धयलाई सफलताको शुभकामना दिए ।

attariya technical collage