खाेज्नुहाेस

गोदावरी सामुदायिक बनद्धारा विभिन्न सरकारी कार्यालयहरुलाई ४ लाख बढीका सामान सहयोग

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ४ मा रहेको गोदावरी सामुदायिक बन उपभोक्ता समुहले विभिन्न सरकारी कार्यालयहरुलाई ४ लाख बढीका सामान सहयोग गरेको छ । सामुदायिक बनले गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय कैलाली र डिभिजन बन कार्यालय कैलालीलाई ४ लाख ७४ हजार ९९५ रुपैया बराबरका कम्युटर र प्रिन्टर सहयोग गरेको हो ।

बिहिबार सामुदायिक बन उपभोक्ता समुहका पदाधिकारीहरुले गोदावरी नगरपालिकालाई ३ थान कम्प्युटर सेट तथा ३ वटा प्रिन्टर हस्तान्तरण गरेका छन भने जिल्ला प्रशासन कार्यालय कैलाली र डिभिजन बन कार्यालय कैलालीलाई १/१ सेट कम्प्युटर र १/१ वटा प्रिन्टर हस्तान्तरण गरेका छन् ।

add everest academy
attariya hospital
navjiwan hospital

आफ्नो पालिकालाई स्थानियस्तरबाट पनि सहयोग गर्नुपर्छ भन्ने उद्देश्यले ३ सेट कम्प्युटर र ३ सेट प्रिन्टर सहयोग गरिएको सामुदायिक बन उपभोक्ता समुहका कोषाध्यक्ष यज्ञराज भाटले जानकारी दिए । उनले २३ र २४ गते जेन जीको नाममा भएको विध्वंसकारी घटना एकदमै दुखद भएको बताए । ‘हामीले समुदायको तर्फबाट केही गर्न सकिन्छ की भनेर बन समुहका पदाधिकारी र स्थानिय अग्रजहरु बसेका थियौँ, नगरपालिकाले पनि सार्वजनिक रुपमा सहयोगका लागि अपिल गरेको थियो’ उनले भने ‘जन्मिदा देखी मृत्यु सम्म हामीलाई आवश्यक पर्ने नगरपालिकालाई सहयोग किन नगर्ने भन्ने सोचेर हामीले सहयोग गरेका हौ ।’

उनले नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय र डिभिजन बन कार्यालयमा पनि सामुदायिक बनको तर्फबाट सहयोग गरिएको बताए । स्थानिय नागरिकले अति आवश्यक सेवा लिने कार्यालयहरु नै जेन जी को आन्दोलनमा तहनसनह पारिएको बताउदै भाटले त्यस्तो अवस्थामा स्थानिय स्तरबाट नै सहयोग गर्न आवश्यक रहेको बताए ।

समुहका अध्यक्ष दिल बहादुर मडैले आन्दोलनका क्रममा नगरपालिकाले व्यहोरेको क्षतिमा केही हदसम्म भएनी राहत पुगोस भनेर सामग्री सहयोग गरिएको बताए । उनले अन्य समुदायहरुले पनि आएर नगरपालिकामा हातेमालो गर्न आवश्यक रहेको बताए ।

attariya technical collage