खाेज्नुहाेस

अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा युवकको मृत्यु

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका युवकको मृत्यु भएको छ । बुधवार उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका–२ का २८ वर्षीय सागर मल्लको मृत्यु भएको हो ।

navjiwan hospital

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रणबहादुर चन्दले मल्लको गए राति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।
मानसिक स्वास्थ्यमा समस्या रहेका मल्ललाई चार महिनाअघि सुधार गृहमा राखिएको थियो । औषध खाएर साँझ निदाएका उनी बुधवार बिहान पौने २ बजे तिर शौचालय गएको सिसिटिभीमा देखिएको डिएसपी चन्दले बताए ।

add everest academy
attariya hospital

‘सिसिटिभीमा आफैले छातीमा पिटेर शौचालय गएको देखिन्छ’ उनले भने ‘पछि सँगै रहेका साथीहरूले शौचालयबाट नआएपछि हेर्न जाँदा उनी शौचालयमा अचेत भेटिएका रहेछन् ।’

अचेत अवस्थामा भेटिएपछि उपचारका लागि पद्मा अस्पताल लगिएको थियो । साढे ३ बजे पद्मा अस्पताल पुगाइएपनि अस्पतालले उपचार गर्न नसक्ने भन्दै सेती प्रादेशिक अस्पताल पठाएको थियो । मल्लको उपचारका क्रममा सेतीमै मृत्यु भएको थियो । आफन्तले घटना शंकास्पत भएको भन्दै छानबिन गर्न माग गरेका छन् ।