अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाले वार्षिक समिक्षा स्थगित गरेको छ । बुधबार बिहान आयोजना गरिएको वार्षिक समिक्षा कार्यक्रम केही वडाका जनप्रतिनिधि र कर्मचारीहरुको अनुपस्थितिका कारण स्थगित गरिएको हो ।

बुधबारको कार्यक्रममा केही वडाका कर्मचारी र जनप्रतिनिधिहरु आएका थिएनन् । नगरप्रमुख विरेन्द्र भट्टले नगरपालिकाले जानकारी गराउदा पनि कर्मचारी तथा जनप्रतिनिधिहरु उपस्थित नहुँदा समिक्षा स्थगित गर्नुपरेको बताए । उनले अब यही भदौ २२ गते नगरको वार्षिक समिक्षा कार्यक्रम आयोजना गरिने बताए । उनले पत्राचार गर्दा पनि कर्मचारीहरु नआएको बताए । ‘हामीले आफ्नो पालिकालाई पुरस्कृत पार्नका लागि जनप्रतिनिधिका तर्फबाट हामी लागेका छौ’ उनले भने ‘तर त्यसका लागि सबै जिम्मेवार हुन आवश्यक छ, कर्मचारीहरुले पनि आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ ।’


उनले वार्षिक समिक्षामा आफ्नो प्रस्तुती देखाउन छोडेर कर्मचारीहरु नआउनु उपयुक्त नभएको बताए । ‘वार्षिक समिक्षामा वडाले तथा नगरका सबै शाखाहरुले आफ्नो वर्षभरीको प्रस्तुती राख्ने हो, कस्ले कस्तो गरेको छ, देखिन्थ्यो होला’ उनले भने ‘आगामी आउने नगरपरिषद्मा हामीले राम्रो गर्ने साथीहरुलाई सम्मान पनि गर्ने गथ्र्याै तर आज सचिवज्यूहरु हुनुहुन्न, पत्राचार दुई चोटी भएको छ ।’ उनले अब हुने समिक्षा कार्यक्रममा नगरबाट पठाईएको फर्मेट अनुसार विवरण ल्याएर प्रस्तुत गर्न सबैलाई निर्देशन दिए ।