खाेज्नुहाेस

बैतडी जिप दुर्घटना अपडेट : घाइते २ जनाको मृत्यु   

Image

धनगढी – बैतडीमा जिप दुर्घटना हुँदा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

navjiwan hospital

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ ज १३७२ नम्बरको जिप दुर्घटनामा घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण बोहराको मृत्यु भएको हो ।

attariya hospital

दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । जीप सडकबाट करीब ७० मिटर तल खसेको थियो ।