खाेज्नुहाेस

बैतडीमा जिप दुर्घटना हुँदा ८ जना घाइते

Image

बैतडी – बैतडीमा जिप दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । धनगढीबाट गोकुलेश्वरतर्फ आइरहेको सु.प.प्र.०१००१ ज १३७२ नम्बरको जिप शनिबार बिहान साढे पाँच बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ स्थित खिपाली मोडमा दुर्घटनामा परेको हो ।

navjiwan hospital

दुर्घटनामा परेर जिप चालक बैतडीको डिलाशैनी गाउँपालिका –१ का २४ बर्षीय सन्तोषबहादुर रानासहित ८ जना घाइते भएका छन् । घाइते हुनेमा डिलाशैनी –१ का ४५ बर्षीय रामकुमार राना, सोही ठाउँमा ५१ बर्षीय कलमा घामी, ३२ बर्षीय किरण बोहरा, २७ बर्षीय राजेन्द्रबहादुर खत्री, २५ बर्षीय हेमन्तप्रसाद, २१ बर्षीया भागरथी खत्री, उनकी २ बर्षीया छोरी एलीसा खत्री रहेका छन् ।

attariya hospital

घाइते सबैको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये चालक रानासहित कलमा र किरणको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

जिप सडकबाट करीब ७० मिटर तल खसेको छ ।